दफा १०
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने

१०. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने

(१) समितिले यो आदेश वा यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने काम गर्न गराउनको निमित्त आवश्यकता अनुसार
उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।